शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ: प्रधानमन्त्री दाहाल

काठमाडाैं | साउन २६, २०८०

शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ:   प्रधानमन्त्री दाहाल तस्बिर फाइल

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ ।


शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पद सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।


उहाँले शिक्षा ऐन दोहोरोपन देखिएपछि मन्त्रिपरिषदमा यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो । केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उहाँको भनाइ छ ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु । हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । त्यस्तै अन्य विषयहरु पनि छन् ।’’


प्रधानमन्त्री प्रचण्डले नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले हामी एउटा नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं । सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो की भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन । स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ । सङ्घीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदैछ र मन्त्रिपरिषदमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको सक्कली शिक्षा ऐनको ठाउँमा केही डुब्लिकेशन देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेश गर्ने प्रक्रिया सुरु भएको छ ।’’ प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्